काठमाडौं । नेपाल वायु सेवा निगम (एनएसी) को न्यूरोडस्थित कार्यालय अगाडि बा १८ च ४८७३ नम्बरको निजी कारले ठक्कर दिँदा १३ यात्रु घाइते भएका छन् ।
बिहिबार साँझ एनएसी अगाडि बस चढ्न पालो पर्खिएर बसेका यात्रुलाई कार्यालयभित्रबाट एक्कासि हुत्तिएर आएको कारले ठक्कर दिएको थियो ।
घाइते हुनेमा एक फिलिपिन्सी नागरिक र बालबालिकासमेत रहेका छन् ।
प्रहरीले घाइतेहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको र सबैको अवस्था खतरामुक्त रहेको बताएको छ ।
यस्तै कार चालक ५० वर्षीय भेषराज पौडेललाई प्रहरीले सिरासतमा लिएको खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १४ मंसिर २०७५, ०७ : ४८
लेखकबाट थप