राजधानीमा बालक अपहरणको ४५ मिनेटभित्रै हत्या !

पत्रपत्रिकाबाट

शुक्रबार, १४ मंसिर २०७५, ०७ : २९
राजधानीमा बालक अपहरणको ४५ मिनेटभित्रै हत्या !

काठमाडौं । गोंगबु प्रयासमार्गस्थित स्वस्तिका गेस्टहाउसमा गाडीचालकका रुपमा महेन्द्र एस्केले नियुक्ति पाएको एक महिना मात्र भएको छ । 

उनले पाएको १३ हजार तलबमा चित्त बुझेको थिएन । 

होटेल साहुसँग उनको विवाद पनि हुँदै आएको थिए । 

उनको प्रतिशोध र आपराधिक मानसिकताको सिकार बने होटेल साहुका ८ बर्षीय छोरा प्रयास कुँवर । 

प्रहरीका अनुसार महेन्दले चार दिनअघि नै अपहरण र हत्याको योनजा बनाएका थिए । 

मंगलबार साँझ उनले उपयुक्त समय पाए । 

साँझ करिब ६ बजेको थियो । बालकका आमा बुबा अस्पताल गएको मौका छोपी उनले अपहरण गरेका थिए । 

महेन्द्रले दिएको बयानअनुसार बालकलाई फकाउनउनले ५० रुपैयाँको क्याटबरी चकलेट किनिदिएका थिए । प्रयासलाई फकाउँदै घुम्न जाने आस देखाएर नार्गाजुनतिर लगे । 

एकान्त सडकमा गाडी रोकेर मुख थुनिदिए, घाँटी थिचेर हत्या गरे । 

झोलामा शव राखेर खोलामा फाले । 
प्रयासको अपहरण र हत्या ४५ मिनेटभित्रै भएको खुलेको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस