सैनिक भर्नामा अनियमितता, ३ अधिकृतसहित ११ बर्खास्त

पत्रपत्रिकाबाट

शुक्रबार, १४ मंसिर २०७५, ०७ : २३
सैनिक भर्नामा अनियमितता, ३ अधिकृतसहित ११ बर्खास्त

काठमाडौँ । नेपाली सेनाको भर्ना प्रक्रियामा अनियमितता गर्ने ३ अधिकृतसहित ११ जना बर्खास्त भएका छन् ।

अन्य १६ अधिकृतसहित १६२ जना दोषी ठहर भएका छन् । २०७३ देखि ०७५ सम्म विभिन्न पदमा भर्नाका क्रममा अनियमितता भएको भन्दै २३ अधिकृतसहित १ सय ८७ जनाविरुद्ध कोर्ट मार्सल सुरु गरेकोमा सैनिक अदालतले उनीहरुलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी कारबाही गरेको हो । ४ अधिकृतसहित १४ जनाले भने सफाइ पाएका छन् ।  यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस