काठमाडौ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले आइतबार प्रकाशित गरेको सूचना अनुसार संस्थानमा रिक्त रहेको महाप्रबन्धक पद खुला प्रतियोगितामार्फत पूर्ति गरिने भएको हो ।
सूचना अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त दिनुपर्नेछ । अन्तिम दिन सार्वजनिक बिदा परेमा भोलिपल्ट कार्यालय समयभित्र दरखास्त पेश गर्न सकिनेछ । आवेदन कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कर्मचारी प्रशासन शाखा (बोर्ड/संस्थान डेस्क) सिंहदरबार, काठमाडौंमा गोप्य सिलबन्दी रूपमा बुझाउनुपर्नेछ ।
मन्त्रालयले निर्धारित मिति र समयभित्र प्राप्त नभएका वा अपूर्ण दरखास्त स्वीकृत नहुने स्पष्ट पारेको छ ।
यस पदको माग संख्या १ रहेको र विस्तृत विवरण मन्त्रालयको वेबसाइट www.moald.gov.np तथा दुग्ध विकास संस्थानको वेबसाइट www.ddc.gov.np बाट डाउनलोड गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ भदौ २०८२, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुग्ध विकास संस्थानले तिर्यो ३१ वर्षको सम्पत्ति कर