राप्रपा युवा संगठनको काठमाडौं अधिवेशनमा हात हालाहाल

सफल खबर संवाददाता

बुधबार, २८ साउन २०८२, १३ : ५५
राप्रपा युवा संगठनको काठमाडौं अधिवेशनमा हात हालाहाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा हात हालाहाल भएको छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं जिल्ला अधिवेशनमा हात हालाहालको स्थिति आएपछि प्रहरी परिचालन गरिएको छ ।

केही युवाहरु मञ्चमा उक्लिएर होहल्ला गरेपछि हात हालाहाल भएको हो । कार्यक्रम सुरु नहुँदै असन्तुष्ट (धवलशम्शेर राणा पक्ष) का युवा ज्योति लामाले माइकमा गएर आफ्ना कुरा राखिरहेका थिए । त्यही बेला लिङदेन कार्यक्रमस्थल आइपुगे ।

त्यसपछि लिङदेन पक्षका युवाहरुले उनलाई मञ्चबाट उतार्ने क्रममा झडपको स्थिति आएको हो । त्यसपछि माइकिङ गर्दै औपचारिक कार्यक्रम सुरु नभइसकेकाले धैर्यपूर्वक बस्न आह्वान गरिएको थियो । राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन र धवलशम्शेर जबरा पक्षबीच विवाद छ । युवा संगठनमा पनि सोही पक्षबीच भएको हो ।

प्रतिक्रिया दिनुहोस