काठमाडौँ । कुलिङ अफ पिरियडसम्बन्धी गडबडी छानबिन विशेष समितिले जिम्मेवार ठहर गरेका प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्।
मंगलबारको प्रतिनिधि सभाको बैठकमा खतिवडाले औपचारिक रूपमा राजीनामाको घोषणा गरेका हुन्। निजामती सेवा विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको निष्कर्षसहित विशेष समितिले खतिवडालाई समेत जिम्मेवार ठहर गरेको थियो।
राजीनामा पूर्व प्रतिनिधि सभामा सम्बोधन गर्दै खतिवडाले आफू सुरुदेखि नै सरकारी कर्मचारीका लागि कुलिङ अफ पिरियड लागू हुनुपर्ने पक्षमा अडिग रहेको र भविष्यमा पनि यसै धारणा कायम रहने बताए। उनले निजामती सेवा विधेयकको प्रतिवेदनमा आफ्नो हस्ताक्षर रहेको स्वीकार गर्दै, अवकाशलगत्तै कर्मचारीलाई संवैधानिक र कूटनीतिक पदमा नियुक्ति दिन नहुने पक्षमा आफू सधैँ रहेकाले त्यसैअनुरूप समिति नेतृत्व गरेको स्पष्ट पारे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ साउन २०८२, १८ : ०५
लेखकबाट थप