काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्न युवाहरुलाई सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यही राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउनुपर्ने बताए ।
युगिन जिम्मेवारी पूरा गर्न युवाहरु सक्षम रहेको भन्दै उनले उद्यमशीलता र स्वरोजगारका क्षेत्रमा काम गर्नुपर्ने अहिलेको समयको माग भएको जिकिर गरे । राष्ट्रपति पौडेलले भने, ‘अब यही राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगिन अभिभारा युवाहरुको काँधमा छ । युगिन जिम्मेवारी पूरा गर्न तपाईंहरुको सक्षम हुनुहुन्छ । उद्यमशीलता र स्वरोजगारका क्षेत्रमा काम गर्नुपर्ने यो समयको माग हो ।’
उनले विश्वव्यापीकरण र सूचना तथा प्रविधिको तीव्र विस्तारको आधुनिक युगमा युवा पुस्ताले चाहेको विकास सुशासन र समृद्धिको सपना पूरा गर्नु नै आजको मुख्य कार्यभार भएको बताए ।
युवाको विदेश पलायन रोकेर उनीहरुलाई स्वदेशमै रोजगारीतर्फ आकर्षण गर्ने उद्यमशीलता विस्तार एवं प्रवर्द्धन गर्ने नीति र कार्यक्रमलाई प्राथमिकता दिन आवश्यक रहेको उनले बताए ।
राष्ट्रपति पौडेलले प्रविधिबाट अभ्यस्त नेपाल युवालाई स्वदेशमै अवर दिन सरकारले सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानीका लागि वातावरण निर्माण र नवप्रवर्तन र उद्यमशीलता विस्तारलाई प्राथमिकता दिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ साउन २०८२, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलद्वारा वैकल्पिक, विकास वित्त परिचालन विधेयक प्रमाणीकरण
“सक्षम, नैतिक तथा प्रविधिमैत्री कर्मचारीतन्त्रले मात्रै सुशासन दिन सक्छ” : राष्ट्रपति पौडेल
किसानको मुस्कानमा राष्ट्रको खुसी लुकेको हुन्छ : राष्ट्रपति पौडेल
राजनीतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक : राष्ट्रपति पौडेल
‘हिमाली वातावरणको संरक्षण आजको आवश्यकता हो’ : राष्ट्रपति पौडेल
‘गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक’ : राष्ट्रपति पौडेल