ओलीको नेतृत्व अझै आवश्यक भएकाले विधान संशोधन गरेका हौँ : विष्णु रिजाल

सफल खबर संवाददाता

मंगलबार, २७ साउन २०८२, १२ : ४०
ओलीको नेतृत्व अझै आवश्यक भएकाले विधान संशोधन गरेका हौँ : विष्णु रिजाल

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तेस्रो कार्यकाल अध्यक्ष बनाउनुपर्ने भएकैले विधानको कतिपय व्यवस्था संशोधन गरिएको प्रष्ट पारेका छन् ।

मानव अधिकार एलायन्सका इन्चार्ज समेत रहेका रिजालले मंगलवार वीरगन्जमा आयोजित संगठनको कार्यक्रममा ओलीले नै एमालेमा थप एक कार्यकाल नेतृत्व गर्नुपर्ने आवश्यकता पार्टीले महसुस गरेकाले विधानमा व्यवस्था गरिएको बताए ।

उनले भने, ‘एमालेमा नेतृत्व बदल्नु पर्छ कि पर्दैन भन्ने कुरा एमालेको आन्तरिक विषय हो अरूको होइन । के गर्ने भन्ने कुरा एमालेले गर्ने हो । एमालेलाई महसुस भयो कि केपी शर्मा अ‍ोलीकै नेतृत्व एक पटक आवश्यक छ । मोही माग्ने ढुंग्रो लुकाउने आवश्यक छे,उहाँलाई फेरि अध्यक्ष बनाउनकै लागि विधानको ७० वर्षे व्यवस्था हटाएका हौँ । २ कार्यकाल दशौं महाधिवेशनमै हटाइसकेको हो ।’

रिजालले डा. पुष्प कँडेललाई लेखा आयोगको तेस्रो पटक अध्यक्ष बनाउने बेलामै २ कार्यकाल हटेको भन्दै केही नेताले विधान देखाएर टिभी र अनलाइनमा दिइरहेको गफ चियाको कपमा तुफान मात्र भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस