कांग्रेसभित्रको किचलोले विश्वासको मतको कार्यसूची सर्न सक्छ : मन्त्री थापा

सफल खबर संवाददाता

मंगलबार, २७ साउन २०८२, ११ : ३१
कांग्रेसभित्रको किचलोले विश्वासको मतको कार्यसूची सर्न सक्छ : मन्त्री थापा

भक्तपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले नेपाली कांग्रेसको आन्तरिक किचलो नै हालको प्रदेश सरकार फेरबदलको मुख्य कारक भएको बताएका छन् ।मंगलबार नेपाल प्रेस सोसाइटी भक्तपुरको साक्षात्कार कार्यक्रममा थापाले कांग्रेसभित्र दश-दश महिनामा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको र सोही अनुसार बहादुर सिंह लामाको सरकार विस्थापित भई इन्द्रबहादुर बानियाको नेतृत्वमा नयाँ सरकार बनेको बताए ।

थापाले भने, ‘स्थायित्व भएकै कारण भारतमा विकास सम्भव भएको हो । मोदीले गुजरातलाई विकासको मोडल बनाएपछि नै प्रधानमन्त्री बन्न सफल भए ।’ कांग्रेसभित्रको मतभेद अझै नटुंगिएकाले आज हुने भनिएको विश्वासको मत अर्को दिन सारिन सक्ने सम्भावना बढेको थापाले बताए । बागमतीमा बारम्बार सरकार परिवर्तनका खेल चलिरहेकाले जनतामा प्रदेशप्रति नै नकारात्मक सन्देश गएको र प्रदेश सरकारले गरेका राम्रा काम पनि ओझेलमा परेको उनको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस