फोरममा विवाद : असोज ३ लाई 'कालो दिन' मान्ने कि नमान्ने ?

पत्रपत्रिकाबाट

विहीबार, १३ मंसिर २०७५, ०८ : ३०
फोरममा विवाद : असोज ३ लाई 'कालो दिन' मान्ने कि नमान्ने ?

काठमाडौं । संघीय समाजवादी फोरममा गत ३ असोजको संविधान दिवसलाई कालो दिन मान्ने कि नमान्ने भन्नेमा विवाद बढेको छ । 

संविधान दिवस मनाएको २ महिनापछि फोरममा विवादको विषय औपचारिक रुपमा आएको हो । 

पार्टीको नीतिविपरीत पदाधिकारीले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने निर्णय गरेको भन्दै बैठकमा विषया प्रवेश भएपछि विवाद भएको हो । 

विवादमा केन्द्रीय उपाध्यक्ष रेणु यादवसमेत तानिएकी छिन् । 

विवाद कार्यसम्पादनको बैठकदेखि केन्द्रीय समितिसम्म पुग्ने भएको छ । 

२ देखि ५ मंसिरमा भएको फोरमको कार्यसम्पादन बैठकमा केन्द्रीय उपाध्यक्ष यादवविरुद्ध केही पदाधिकारीले प्रश्न उठाएका थिए । 

प्रश्न उठेपछि यादवले राजीनामा दिए पनि स्वीकृत भने भएन ।, आजको नयाँ पत्रिकामा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस