मदिरामा कडाई,  बेलुकी ५ देखि १० बजेसम्ममात्र सेवन गर्न पाइने

पत्रपत्रिकाबाट

विहीबार, १३ मंसिर २०७५, ०८ : ०९
मदिरामा कडाई,  बेलुकी ५ देखि १० बजेसम्ममात्र सेवन गर्न पाइने

काठमाडौं  । सरकारले मदिरा उत्पादन, बिक्री, सेवन र प्रचार-प्रसार अंकुश लगाउने भएको छ । 

गृह मन्त्रालयले कार्यकारी अदेश जारी गर्दै महिदारको उत्पादनदेखि प्रचारसम्म अंकुश लगाउने तयारी गरेको छ । 

शान्तिशुरक्षामा खलल पुर्याउने तथा महिला हिंसा बढाउन कारक रहेको भन्दै गृहले कडा नियमम लगाउन लागेको हो । 

अहिलेकै व्यवस्थामा कार्यकारी आदेश जारी भए उपभोक्ताले परिचयपत्र देखाएर मात्रै मदिरा खरिद गर्न पाउनेछन् । 

विक्रेताले उपभोक्ताको परिचय खुल्ने कागजपत्रको अभिलेख राखेर मात्रै मदिरा बिक्री गर्न पाउनेछन् । तर, कारोबार जतिवेला पनि गर्न छुट हुनेछैन । 

अपराह्न ४ बजेदेखि राति ९ बजेसम्म मात्रै मदिरा बेच्न तथा किन्न पाईने छ । 

होटेल, रेस्टुरेन्टहरुले समेत साँझ ५ बजेदेखि राति १० बजेसम्म मात्रै सेवन गराउन पाउनेछ ।, आजको नयाँ पत्रिकामा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस