काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एयरबस ३३० सिरिजको वाइडबडी जहाज प्रक्रिया विवाद अन्त्य भएपछि नयाँ खरिद प्रक्रिया अगाडि बढाइने भएको छ ।
हाल खरिद प्रक्रियाको विषयलाइ लिएर संसदीय समितिहरुले छानबिन गरिरहेकाले यसको टुंगो लागेपछि मात्रै निगको व्यापारिक योजनाअनुसार नयाँ जहाज खरिद प्रक्रिया अगाडि बढाइने भएको छ ।
छानबिनको टुंगो लागेपछि व्यापारिक योजना अनुसार खरिद प्रक्रिया अघि बढ्ने छ। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले भने ।
नियमसँग भएका जहाजहरुको पूार्ण क्षमताका उडानसँगै नयाँ गन्तव्य थपिने र नयाँ जहाज खरिदको प्रक्रिया अघि बढ्ने अधिकारीको भनाइ रहेको छ ।
जहाज खरिदमा देखिएको भनिएका विषयमा संसदीय समितिहरुले छानबिन गरिरहकाले छानबिनपछि कोही दोषी देखिए कारबाही गर्ने मन्त्री अधिकारीले बताए । निगमको योजनामा २०२० भित्र थप तीन न्यारोबडी जहाज खरिद गर्ने योजना छ । निगमले केही महिनाअघि मात्रै तीन थान न्यारोबडी जहाज खरिद गर्ने सञ्चालक समितिले निर्णय गरेको थियो । - यो समाचार आजको कारोबार दैनिकमा छोपिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १३ मंसिर २०७५, ०७ : ४६
लेखकबाट थप