काठमाडौ । चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि आज (शनिबार) खेलाडीको अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) हुँदैछ ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार अक्सन दिउँसो ३ बजेदेखि शुरू हुनेछ । अक्सनको प्रत्यक्ष प्रसारण नेपाल प्रिमियर लिगको आधिकारिक युट्युब च्यानलबाट गरिनेछ ।
अक्सनबाट विभिन्न आठ टोलीले बाँकी रहेका ३७ खेलाडी अनुबन्ध गर्नेछन् । यसअघि नै आठ टोलीले गत सिजनका आफ्ना ५१ खेलाडीलाई रिटेन गरिसकेका छन् ।
क्यानले दिएको समयभित्र कूल चार सय ५८ जना खेलाडीले अक्सनमा सहभागी हुने चाहनासहित आफ्नो नाम दर्ता गराएका थिए । त्यसमध्येबाट क्यानको प्राविधिक समितिले आफ्नो मापदण्डभित्र परेका १५० जना खेलाडीको नाम सार्वजनिक गरेको छ ।
आज हुने अक्सनमा १५० जना खेलाडीमात्र सहभागी हुनेछन् । त्यसमध्ये आठजना खेलाडी ‘ए’ श्रेणीमा परेका छन् । क्यानका अनुसार ३५ जना खेलाडी ‘बी’ श्रेणीमा र १०७ जना खेलाडी ‘सी’ श्रेणीमा परेका छन् ।
‘ए’ श्रेणीमा पर्ने खेलाडी सुदूरपश्चिम प्रदेशका अर्जुन साउद, सोही प्रदेशका दिलीप नाथ, लुम्बिनी प्रदेशका देव खनाल, मधेश प्रदेशका पवन सर्राफ, बागमती प्रदेशका शरद भेषावकर, मधेश प्रदेशका मोहमद आदिल आलम, बागमती प्रदेशका सूर्य तामाङ र सोही प्रदेशका सुनाम गौतम हुन् ।
अर्जुन दायाँहाते ब्याट्सम्यान र दिलीप बायाँहाते ब्याट्सम्यान हुन् । यी दुवै ब्याट्सम्यानले टोलीलाई आवश्यक पर्दा विकेटकिपरको भूमिका पनि निर्वाह गर्छन् । देव दायाँहाते ब्याट्सम्यान हुन् भने पवन अलराउन्डर खेलाडी हुन् ।
शरद र मोहमद आदिल आलम पनि अलराउन्डर हुन् । सूर्य बायाँहाते बलर हुन् भने सुनाम अलराउन्डर खेलाडी हुन् ।
यसैगरी, आकाश त्रिपाठी, आशुतोष घिरैया, अनिल खरेल, अर्जुन कुमाल, अभिनाष कर्ण, वसन्त खत्री, भुवन कार्की, विपिन रावल, दर्शन सोनार, दीपक बोहरा, दीपेश श्रेष्ठ, दुर्गेश गुप्ता, हरिशंकर साह र हेमन्त धामी ‘बी’ श्रेणीमा परेका छन् ।
आकाश, आशुतोष, अर्जुन, विपिन र दीपक ब्याट्सम्यान हुन् । अनिल, अभिनाष, भुवन, दीपेश, दुर्गेश र हेमन्त भने बलर हुन् । हरिशंकर, दर्शन र वसन्त अलराउन्डर खेलाडी हुन् । अर्जुन, विपिन र दीपक भने विकेटकिपर पनि हुन् ।
ब्याट्सम्यान खड्कबहादुर बोहरा, अलराउन्डर कृष्ण कार्की, बलर मौसम ढकाल, ब्याट्सम्यान मयान यादव, अलराउन्डर मिलन बोहरा, अलराउन्डर नारायण जोशी, ब्याट्सम्यान प्रदीप ऐरी र ब्याट्सम्यान प्रज्ज्वल थापा पनि श्रेणी ‘बी’ मा परेका छन् ।
श्रेणी ‘बी’ मा पर्ने अन्य खेलाडी ब्याट्सम्यानहरू पृथु बास्कोटा, रविन्द्रजङ्ग शाही, रवीकुमार साह, रित गौतम, साहिल पटेल र सन्तोष कार्की हुन् ।
अलराउन्डर सन्तोष यादव, ब्याट्सम्यान शंकर राना, बलर शेर मल्ल, ब्याट्सम्यान सुमित महर्जन, बलर युवराज खत्री, अलराउन्डर विशालविक्रम केसी र अलराउन्डर निखिलकुमार सिंह पनि ‘बी’ श्रेणीमा परेका छन् ।
यसैगरी, अभय यादव, अभिषेक तिवारी, अभिषेक पाल, अजय चौहान, अमर मिश्र, अरनिको यादव, भोजराज भट्ट, भुपाल लुइटेल, दयानन्द मण्डल, दीपकप्रसाद डुम्रे, दिल बोहरा, दिवान पुन, कृजन गुरुङ र लवकुमार कामत ‘सी’ श्रेणीमा परेका छन् ।
नविन तामाङ, नविन यादव, निर्मल गुरुङ, निश्चल क्षेत्री, ओमकार यादव, परिमार्जन यादव, प्रदीप पासवान, प्रकाश बिष्ट, प्रसिद्ध जैसी, प्रेम कामत, पुरण विक, रविन जोशी, राजप्रसाद शाह, राजेन्द्र बम र राजेश यादव पनि ‘सी’ श्रेणीमा रहेका छन् ।
यसैगरी, राजु रिजाल, रमेश कुर्मी, रञ्जित कुमार, रौनक श्रीवास्तव, रोहित चन्द, रोज श्रेष्ठ, रोशन विश्वकर्मा, सचिन शर्मा, सचिन लेखक, सचिन भट्ट, समिर बिष्ट, समिक कँडेल, सम्राट भुसाल, सन्दीप बहादुर रजाली र सन्दीप खत्री क्षेत्री पनि श्रेणी ‘सी’मै परेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ साउन २०८२, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनपीएलको खेलाडी अक्सन साउन २४ गते हुने
एनपीएलका लागि काठमाडौंले रिटेन गर्यो ६ खेलाडी
एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई नगरपरिक्रमा
उपाधिका लागि आज जनकपुर र सुदूरपश्चिम भिड्दै
जनकपुरलाई फाइनल पुग्ने दोस्रो मौका, आज कर्णालीसँग भिडन्त
एनपीएल विजेताले कति पाउँछन् पुरस्कार ?