काठमाडौं । सर्वोच्च अदालतको भावी प्रधानन्यायाधीशमा सर्वोच्चका न्यायाधीश चोलेन्द्रशमशेर जबरा एक्ला योग्य व्यक्ति देखिएका छन् । प्रधानन्यायाधीश बन्न सर्वोच्चमा तीन वर्ष न्यायाधीशका रूपमा काम गरेको हुनुपर्ने संवैधानिक व्यवस्थाअनुसार न्यायपरिषद्ले न्यायाधीशद्वय दीपकराज जोशी र जबराको नाम सिफारिस गरेको छ । न्यायाधीश जोशीको नाम रोस्टर भए पनि यसअघि प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ समितिबाट अयोग्य ठहरिएको कैफियत विवरणका कारण उनको अगाडिको यात्रामा कठिनता उत्पन्न भएको हो भने जबरा एक्ला योग्य व्यक्ति बन्न पुगेका हुन् । सर्वोच्चका न्यायाधीशमध्ये जोशी वरिष्ठतामा एक नम्बरका न्यायाधीश हुन् भने जबरा दोस्रो वरीयतामा छन् ।
न्यायपरिषद्का सचिव नृपध्वज निरौलाले संविधानले तोकेको व्यवस्थानुसार योग्यता पुगेका न्यायाधीशद्वय जोशी र जबराको विवरणसहितको अभिलेख संवैधानिक परिषद्को सचिवालयमा पठाइएको बताए । राजधानी दैनिकमा खबर छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १२ मंसिर २०७५, ०८ : २८
लेखकबाट थप