महाधिवेशन केन्द्रित भई तयारीमा जुट्न तरुण जिल्ला अध्यक्षलाई निर्देशन

सफल खबर संवाददाता

विहीबार, १५ साउन २०८२, १३ : २४
महाधिवेशन केन्द्रित भई तयारीमा जुट्न तरुण जिल्ला अध्यक्षलाई निर्देशन

काठमाडौँ । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले दलको पाँचौँ महाधिवेशन केन्द्रित भई तयारीमा जुट्न गण्डकीका तरुण जिल्ला अध्यक्षलाई निर्देशन दिएका छन् । अध्यक्ष गुरुङले गण्डकी प्रदेशमा रहेका ११ वटा जिल्लाका नेपाल तरुण दल अध्यक्षलाई निर्देशन दिएका हुन् ।

उनले आसन्न दलको पाँचौँ महाधिवेशन केन्द्रित रहेर जिल्ला अधिवेशनकोबारे पोखरामा जिल्ला अध्यक्षहरूसँगको छलफल गरेका थिए अधिवेशन प्रक्रिया द्रुत गतिमा सुचारु गर्न जिल्ला अध्यक्षहरूलाई उनले निर्देशन दिए ।

‘मंसिर २६ गते तरुण दलको पाँचौँ महाधिवेशन गर्ने तय भएको हुँदा जिल्ला अन्तर्गतको वडा ,गाउँ र पालिका ,प्रदेश क्षेत्र को अधिवेशन तयारीमा जुट्न गण्डकी प्रदेशको ११ ओटै जिल्ला अध्यक्षहरूलाई भनेको छौँ,’उनले भने ।

 

प्रतिक्रिया दिनुहोस