काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झाविरुद्ध मुद्दा दायर भएको छ ।
४ साउनमा पक्राउ परेका झालाई प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौँले आज मंगलबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिए ।
अहिराजले एक युवतीलाई बलात्कार गरेको आरोप छ । अहिराजको मुद्दाको पेसी बुधवारका लागि तोकिएको श्रेष्ठले बताए ।
सूचना अधिकारी श्रेष्ठका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २१९ मा उल्लेख बलात्कार गर्न नहुने कसुरमा अनुसन्धान गरिएको थियो । दफा २१९ को उपदफा २ को कसुर गरेको भन्दै खण्ड (ङ) बमोजिमको सजाय माग दाबी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ साउन २०८२, १८ : ५४
लेखकबाट थप