चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा स्कारपियोसंग ठोक्किएर माइक्रो सडकमा पल्टिदा दुई जना घाइते भएका छन् ।
आज (सोमबार) दिउँसो ३ः१५ बजेको समयमा काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको बा २ ख ८३७२ नम्बरको माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको बीएई ३४९८ नम्बरको स्कारपियो ठोक्किदा माइक्रो सडकमा पल्टिएको थियो । दुर्घटनामा दुई जना सामान्य घाइते भएका छन् । घाइते हुनेमा कास्कीको पोखरा महानगरपालिका–१० बस्ने ५६ की पुनमाया गुरुङ र सोही ठाउँ बस्ने २३ की सुनिता गुरुङ रहेका छन् ।
उनीहरुको भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनाले केही बेर सडक अवरुद्ध बनेको थियो । दुवै सवारी साधनका चालकहरु प्रहरी सम्पर्कमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ साउन २०८२, १६ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते
दैलेखमा चक्कु प्रहारबाट दुईजना घाइते
तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
अबुधाबीमा मिसाइल र ड्रोनको अवशेष खस्दा ७ नेपाली घाइते
प्रहरीको लाठीचार्जबाट प्रदर्शनकारी घाइते, सिंहदरबार क्षेत्रमा सुरक्षा ‘हाइ अलर्ट'
गुल्मीमा माटोको ढिस्कोले पुरिएर २ जना घाइते