चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा स्कारपियोसंग ठोक्किएर माइक्रो सडकमा पल्टिदा दुई जना घाइते भएका छन् ।
आज (सोमबार) दिउँसो ३ः१५ बजेको समयमा काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको बा २ ख ८३७२ नम्बरको माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको बीएई ३४९८ नम्बरको स्कारपियो ठोक्किदा माइक्रो सडकमा पल्टिएको थियो । दुर्घटनामा दुई जना सामान्य घाइते भएका छन् । घाइते हुनेमा कास्कीको पोखरा महानगरपालिका–१० बस्ने ५६ की पुनमाया गुरुङ र सोही ठाउँ बस्ने २३ की सुनिता गुरुङ रहेका छन् ।
उनीहरुको भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनाले केही बेर सडक अवरुद्ध बनेको थियो । दुवै सवारी साधनका चालकहरु प्रहरी सम्पर्कमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ साउन २०८२, १६ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
जेन जेड आन्दोलनका घाइतेलाई अर्थमन्त्री खनालले भेटे
सिंहदरबार गेटमा जेनजी आन्दोलनका घाइतेहरूको धर्ना
प्रहरीले हानेको रबरको गोली लागेर दुई फोटो पत्रकार घाइते
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ प्रहरी घाइते
दैलेखमा ट्याक्टर दुर्घटना: चालकको मृत्यु, सहचालक घाइते