परिषद्ले गर्‍यो २ वकिललाई कारवाही, लाइसेन्स निलम्बन

सफल खबर संवाददाता

आइतबार, ११ साउन २०८२, १५ : ४६
परिषद्ले गर्‍यो २ वकिललाई कारवाही, लाइसेन्स निलम्बन

काठमाडौँ । नेपाल कानून व्यवसायी परिषद्ले २ जना अधिवक्तालाई कारबाहीमा गरेको छ । परिषद्ले अधिवक्ता ललित बहादुर केसी र खगेन्द्र बोहोरालाई कारबाही गरेको हो ।

परिषद्ले अधिवक्ता केसीलाई नसिहतको सजाय र अधिवक्ता बोहोरालाई १ वर्ष वकालत गर्न नपाउने गरी कानून व्यवसायको प्रमाणपत्र निलम्बन गरेको छ । नेपाल कानून व्यवसायी परिषद्को अनुशासन समितिको असार २० को निर्णयानुसार उनीहरूलाई कारबाही गर्ने निर्णय भएको थियो । 

परिषद्लाई उदृत गर्दै सर्वोच्च अदालतले २ वकिलमाथि कारबाही भएको जानकारी गराएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस