पोखरा । पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी जहाज भाडामा नभई किनेर ल्याएको बताएका छन् ।
‘कागज हेर्दा खरिद गरेर ल्याएको देखिन्छ’, उनले सोमबार गृहनगर पोखरामा भने, ‘खरिद प्रक्रियामा गल्ती भेटिए कारबाही हुन्छ ।’ सरकार जमानत बसेर जहाज खरिद प्रक्रिया अघि बढेको र २५ करोड रुपैयाँ भन्सार तिरेर जहाज आएको लगायत प्रक्रिया हेर्दा खरिदै भएको विश्वास मन्त्री अधिकारीले व्यक्त गरेका हुन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ११ मंसिर २०७५, ०८ : २४
लेखकबाट थप