राजपा विवाद : महतोले बोलाएको बैठक ठाकुर र झाद्वारा बहिष्कार

पत्रपत्रिकाबाट

मंगलबार, ११ मंसिर २०७५, ०७ : ४९
राजपा विवाद : महतोले बोलाएको बैठक ठाकुर र झाद्वारा बहिष्कार

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालमा आन्तरिक संकट गहिरिन थालेको छ । पार्टीको संयोजक परिवर्तन भएसँगै राजपा अध्यक्षमण्डलको बैठक बहिष्कार गर्ने तहसम्म विवाद बढेको छ । गत मंगलबारको राजपा अध्यक्षमण्डलको बहुमत निर्णयले महन्थ ठाकुरलाई हटाएर राजेन्द्र महतोलाई संयोजक तोकेको थियो । जुन निर्णय अहिले विवादमा परेको छ ।

राजपा संयोजक महतोले सोमबारका लागि बोलाएको अध्यक्षमण्डलको बैठक स्थगित  भएको छ । अध्यक्षमण्डलका सदस्यद्वय ठाकुर र अनिल झाले बहिष्कार गरेपछि बैठक स्थगित भएको स्रोतले बताएको छ । तर, अर्को पक्षले भने राजकिशोर यादव काठमाडौंबाहिर भएकाले बैठक स्थगित भएको दाबी गरेको छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

प्रतिक्रिया दिनुहोस