अब सबै श्रमिकलाई पेन्सन

पत्रपत्रिकाबाट

मंगलबार, ११ मंसिर २०७५, ०७ : २७
अब सबै श्रमिकलाई पेन्सन

काठमाडौं । निजी क्षेत्रमा कार्यरत श्रमिकलाई अवकाशपछि आजीवन निवृत्तिभरण (पेन्सन)को व्यवस्थासहित सरकारले योग्दानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको छ । 

यसको औपचारिक सुरुवात सरकारले मंगलबारदेखि गर्दै छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकको योगदानमा स्थापना गरेको सामाजिक सुरक्षा कोषबाट बृद्ध अवस्था, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटन तथा अशक्तता र आश्रित परिवार सुरक्षा योजना कार्यक्रम सुरु गरेको हो । 

निजी क्षेत्रका कम्तीमा ३५ लाख श्रमिकको सामाजिक सुरक्षा ग्यारेन्टी गर्न कार्यक्रम लागु गरिएको श्रममन्त्री गोकर्ण विष्टले बताए । 

सामाजिक सुरक्षा कोषबाट आजीवन पेन्सनलगायत सुविधा पाउन श्रमिक र तिनको रोजगारदाता कम्पनीले कोषमा जागिर अवधिभर निश्चित रकम योग्दान गर्नुपर्नेछ । आजको कान्तिपुर दैनिकमा  खबर छ । 

प्रतिक्रिया दिनुहोस