काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज काठमाडौँ सितापाइलाको सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवनको उद्घाटन गर्दै शिक्षक सङ्गठनको प्रशिक्षण कार्यक्रममा सम्बोधन गरेका छन् । सम्बोधनको क्रममा उनले वर्तमान सत्ता र प्रतिपक्ष दुबैप्रति कडा टिप्पणी गरे ।
प्रचण्डले विशेषगरी शिक्षक आन्दोलन, शिक्षा विधेयक र हालको राजनीतिक परिदृश्यमा माओवादी केन्द्रको भूमिका स्पष्ट पार्दै भने, ‘शिक्षकहरूले सडकमा आउनुनपर्ने अवस्था संविधानले नै सुनिश्चित गर्यो, तर त्यसअनुसार कार्यान्वयन नगर्दा आन्दोलन गर्न बाध्य भए।माओवादी केन्द्र सरकारमा भएको भए शिक्षकहरू अपमानित हुन पर्दैनथ्यो ।’
उनले पछिल्लो पटक आफू नेतृत्वको सरकारले शिक्षकहरूसँग गरेको सहमति कार्यान्वयन गर्न तत्परता नदेखाएको भन्दै असन्तोष व्यक्त गरे । ‘सरकार तयार नभएपछि तपाईंहरू (शिक्षकहरू) सडकमा रहनुपर्यो, आन्दोलनमा हुनुभयो। तर सरकारको नेतृत्वबाट अपमानजनक व्यवहार भयो,’ प्रचण्डको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ साउन २०८२, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड