उदयपुर । उदयपुरमा भ्यानको ठक्करबाट ७४ वर्षीया महिलाको मृत्यु भएको छ।
कटारी नगरपालिकाबाट सदरमुकाम गाईघाटतर्पm जाँदै गरेको प्र०८–००१ ज ००७१ नम्बरको विङ्गर भ्यानको ठक्करबाट आज त्रियुगा नगरपालिका–४ चुहाडेका अन्दाजी ७४ वर्षीया कोटिमाया दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दनुवारलाई भ्यानले त्रियुगा नगरपालिका–८ झोडामा ठक्कर दिएको थियो। झोडामा यात्रु ओरालेर अगाडि बढ्ने क्रममा दनुवारलाई भ्यानले ठक्कर दिएको प्रहरीले जनाएको छ।
ठक्करबा६ गम्भीर घाइते दनुवारलाई उपचारका लागि जिल्ला अस्पताल पु¥याइएको थियो। उपचारकोक्रममा साँझ उनको मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ साउन २०८२, ०७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
पोखरीमा डुबेर युवकको मृत्यु