कांग्रेस रोगले गल्यो, अव कम्युनिस्ट शासनले देशलाई मास्दै जान्छ : देउवा

पत्रपत्रिकाबाट

सोमबार, १० मंसिर २०७५, ०८ : ३३
कांग्रेस रोगले गल्यो, अव कम्युनिस्ट शासनले देशलाई मास्दै जान्छ : देउवा

धादिङ । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताको थालनी जिल्ला तहबाट नै गरिदिनुपर्ने बताउनुभएको छ ।

उहाँले कांग्रेस पार्टीमा देखिएको गुट अन्त्य गरी पार्टी एक गर्ने सुरुवात धादिङ जिल्लाबाट नै हुनुपर्ने बताउनुभयो । नेपाली कांग्रेस धादिङका नेता एवम् पूर्वमहासमिति सदस्य तेजप्रसाद उप्रेतीको १३ औँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलिसभामा सभापति देउवाले भन्नुभयो, ‘पार्टी एकता कायम गर्नु जरुरी छ । पार्टी एकता भएन भने कम्युनिस्ट शासनले देशलाई मास्दै जान्छ ।’  यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस