काठमाडौं । गृहमन्त्री रमेश लेखकले छाउगोठ बनाएको पाइए र महिनावारी हुँदा छाउगोठमा बस्न बाध्य पार्नेलाई स्थानीय तहबाट पाउने निश्चित सुविधामा पुर्नविचार गर्ने गरी मुलुकभरका स्थानीय तहलाई परिपत्र गरिने बताउनुभएको छ ।
आज अन्तर पार्टी महिला सञ्जालका पदाधिकारीसँगको भेटमा उहाँले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरी देशभरका स्थानीय तहलाई यस्तो परिपत्र गर्ने गरी गृहकार्य गरिने बताउनुभयो । “महिनावारीमा ठुलो अन्धविश्वासले काम गरेको छ”, मन्त्री लेखकले भन्नुभयो, “यसको निर्मलीकरणका लागि कसरी अगाडि बढ्ने अन्तर पार्टी महिला सञ्जालको पनि सहयोग र सुझाव आवश्यक छ ।”
महिलामाथि हुने हिंसा, बलात्कार लगायतका घटनामा सरकार गम्भीर रहेको मन्त्री लेखकको भनाइ छ । “महिलाहरुको मर्यादा, गरिमा, स्वाभिमान र सुरक्षामा गम्भीर छु”, लेखकले भन्नुभयो, “अपराध गर्नेलाई कारबाहीको दायरामा ल्याउने काम पनि भइरहेको छ ।”
सो क्रममा अन्तर पार्टी महिला सञ्जालका अध्यक्ष ममता गिरीसहितको टोलीले महिला तथा बालबालिकामाथि हुने गरेको विभेद र हिंसाका घटना घटिरहेको भन्दै त्यसको नियन्त्रणका लागि मन्त्री लेखकलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ साउन २०८२, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य जरुरी छ: गृहमन्त्री लेखक
स्पेन भ्रमण बारे छानबिन गर्न आइजिपी थापालाई गृहमन्त्री लेखकको निर्देशन
विपद् जोखिम न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली चुस्त पारिएको छ: गृहमन्त्री लेखक
बाबुबाट पीडित सन्तानका लागि नागरिकता विधेयक संशोधन: गृहमन्त्री लेखक
महाकाली नदी किनारका बस्ती जोगाउन ठूलो वर्षाअघि नै बाँध निर्माण हुन्छ : गृहमन्त्री लेखक
गृहमन्त्री लेखकसमक्ष शान्ति सुरक्षा र विपद् व्यवस्थापनबारे ‘ब्रिफिङ’