काठमाडौँ । संघीय संसद्बाट ७९ वटा ऐन संशोधन गर्ने विधेयक पारित हुँदैछ । आइतबार प्रतिनिधि सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दै छन् ।
संसद सचिवालयका अनुसार विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएपछि छलफल भएर पारितको प्रक्रियामा अगाडि बढ्नेछ । यो विधेयक २६ वैशाख २०८० मा प्रतिनिधि सभामा आएको थियो । १६ वैशाख २०८२ मा प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गएको थियो । १७ असार २०८२ मा राष्ट्रिय सभाले पारित गरेर पुनः प्रतिनिधि सभामा पठाएको थियो ।
राष्ट्रिय सभामा भएको संशोधनका सम्बन्धमा प्रतिनिधिसभामा छलफल हुन लागेको हो । प्रतिनिधिसभाले राष्ट्रिय सभाले गरेको संशोधन स्वीकार गरेपछि अगाडि बढ्छ । सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनमा रूपान्तरित भएर लागु हुन्छ । जसले ७९ वटा विभिन्न ऐन संशोधन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ असार २०८२, १४ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभामा राष्ट्र बैंक-तेस्रो संशोधन विधेयक-२०८३ प्रस्तुत
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग
विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
आर्थिक विधेयकमा कर दर परिवर्तन र पृष्ठ हटाइएको विषय संसद्मा उठ्यो, सरकारको जवाफ माग
प्रधानमन्त्रीको जवाफ नआएसम्म विपक्षी दलले प्रतिनिधि सभाको अवरोध जारी राख्ने
कार्यसूची अघि नबढ्दै प्रतिनिधि सभा बैठक मंगलबारसम्मका लागि स्थगित