काठमाडौँ । संघीय संसद्बाट ७९ वटा ऐन संशोधन गर्ने विधेयक पारित हुँदैछ । आइतबार प्रतिनिधि सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दै छन् ।
संसद सचिवालयका अनुसार विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएपछि छलफल भएर पारितको प्रक्रियामा अगाडि बढ्नेछ । यो विधेयक २६ वैशाख २०८० मा प्रतिनिधि सभामा आएको थियो । १६ वैशाख २०८२ मा प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गएको थियो । १७ असार २०८२ मा राष्ट्रिय सभाले पारित गरेर पुनः प्रतिनिधि सभामा पठाएको थियो ।
राष्ट्रिय सभामा भएको संशोधनका सम्बन्धमा प्रतिनिधिसभामा छलफल हुन लागेको हो । प्रतिनिधिसभाले राष्ट्रिय सभाले गरेको संशोधन स्वीकार गरेपछि अगाडि बढ्छ । सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनमा रूपान्तरित भएर लागु हुन्छ । जसले ७९ वटा विभिन्न ऐन संशोधन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ असार २०८२, १४ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बहुविवाहलाई कानुनी मान्यता दिन खोजिएको हो ? भन्दै कानुन मन्त्रीलाई एमाले सचेतकको प्रश्न
प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर (पुर्णपाठ)
विगतका घटनाबाट पाठ सिकेर विपद् प्रतिकार्यमा जुट्न सरकारलाई प्रचण्डको आग्रह
गृह, संघीय मामिला र भूमि मन्त्रीलाई कारबाही गर्न रास्वपाको माग
राजेन्द्र लिङ्देनको प्रश्न : कहाँ छ प्रधानमन्त्रीको सुशासन आयोग ?
संसदमा सोविताको प्रश्न-‘मैले बोलेको कुरा जिम्मा लिन्छु, कसैले नबुझ्दैमा मेरो भनाइ हटाउनुपर्ने' ?