काठमाडौँ । हास्य कलाकार विल्सन विक्रम राई ‘तक्मेबुढा’को निर्देशनमा बन्ने फिल्म ‘मैझारो’मा अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगरले जोडी बाँध्ने भएका छन् ।फिल्मको मुख्य भूमिकामा मिरुना फाइनल गर्दै निर्माण युनिटले दुवैको जोडी निश्चित गरेको हो । फिल्ममा केही अघि धिरज अनुबन्धित भएका थिए ।
फिल्मको अन्य कलाकार छिट्टै सार्वजनिक गर्ने निर्माण युनिटले जनाएको छ । तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मलाई तक्मेबुढाले नै लेखेका हुन् । फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहनेछ । सौरभ लामाको छायाङ्कन रहने फिल्म साउनको पहिलो हप्ताबाट छायाङ्कन जाने तयारी गर्दै छ ।
फिल्मलाई इलाम र पाँचथरका रमणीय स्थानहरूमा खिचिने छ । सामाजिक कथावस्तुमा आधारित ‘मैझारो’ पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थका निर्माण हुने निर्देशक तक्मेबुढाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ असार २०८२, ११ : ४०
लेखकबाट थप