काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेको बताएका छन् । सर्वोच्च अदालतमा आज आयोजित गोला प्रक्रियाबारे पत्रकारलाई जानकारी गराउँदै प्रधान न्यायाधीश राउतले भने, “संविधानले प्रधान न्यायाधीशसहित २१ न्यायाधीशको व्यवस्था गरेको भए पनि पूर्ण रूपमा न्यायाधीश हुन सकेको छैन, आज तीन जना आएपछि २० जना भयौँ, छिटोछरितो न्याय दिने दायित्व निर्वाह गरिरहेका छौँ, कसरी राम्रो गर्न सकिन्छ भनेर दैनिक निर्मम समीक्षा गर्ने गरेका छौँ ।”
ऊर्जावान् तीन न्यायाधीश भित्र्याउने अवसर मिलेको र यो सङ्ख्या थप भएसँगै न्यायपालिकाप्रति जनताको विश्वास र चाँडो न्याय सम्पादनका लागि काममा ध्यान दिन सबैलाई आग्रहसमेत गरे ।
सर्वोच्च अदालतको आजसम्म जम्मा मुद्दा २४ हजार ८४६ रहेको छ । त्यसमध्ये पाँच वर्ष नाघेका मुद्दाको सङ्ख्या एक हजार ४११ रहेको छ । दुई वर्ष नाघेका मुद्दाको सङ्ख्या नौ हजार २७२ रहेको छ । आठ वर्ष नाघेको एउटा मुद्दा थियो । त्यो आज निर्णय सुनाउने भएर टुङ्गिँदै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ असार २०८२, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधान न्यायाधीश राउत अनिवार्य अवकाश
मन्त्री गौतम र प्रधान न्यायाधीश राउतबीच शिष्टाचार भेट
प्रधान न्यायाधीश राउतद्वारा राष्ट्रपतिसमक्ष न्यायिक कार्यसम्पादन सम्बन्धीको वार्षिक प्रतिवेदन पेश