हत्याका आरोपित बन्टी चौधरीको घरमा मृतकका आफन्तद्धारा आगजनी, कपिलवस्तुको अवस्था दिनभर तनावग्रस्त

शनिबार, ०८ मंसिर २०७५, १९ : २५
हत्याका आरोपित बन्टी चौधरीको घरमा मृतकका आफन्तद्धारा आगजनी,  कपिलवस्तुको अवस्था दिनभर तनावग्रस्त

लुम्बिनी । युवा नेता दिपेन्द्र चौधरीको हत्याको विरोधमा शनिवार हत्या आरोपित बन्टी चौधरीको घरमा आगजनी गरेका छन् । मृतक चौधरीका आफन्तजनले हत्यारालाई कानुनी कारबहाी तथा क्षतिपूर्तिको माग गर्दै आगजनी गरेका हुन् ।

फरार बन्टीको घरमा खानतलाशीको क्रममा पाँचथान एअरगन अवैध हतियार प्रहरीले फेला पारेपछि आक्रोशित पीडित पक्षले बन्टीको घरमा आगजनी गरे ।

आगजनीबाट एकथान टयाक्टर, एकथान धान काटने कम्पायन मेसिन, एकथान  मोटरसाईकललगायत खाद्यान सामग्री जलेर खरानी भएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रवक्ता डीएसपी रवि रावलले जानकारी दिए ।

स्थिति नियन्त्रण गर्ने क्रममा ५० राउण्ड अश्रुग्यास, १२ राउण्ड हवाई फायर र लाठी चार्ज  गर्दा १४ बर्षीय बालक शक्तिराम हरिजन, सशस्त्र प्रहरी निरीक्षक  गोबिन्द श्रेष्ठसहित पाँच सर्बसाधारण र तीन प्रहरी घाईते भएको तराई मानव अधिकार सञ्जाल थर्ड एलायन्सका मानव अधिकारकर्मी शैलेन्द्र हरिजनले बताए ।

पछिल्लो समयमा पीडित पक्षसँग स्थानीय प्रहरी प्रशासनले हत्याराहरुलाई पक्राउ पश्चात कारबहाी तथा क्षतिपूर्ति उपलब्ध गराउने लिखित सहमति जनाएपछि स्थिति साम्य भएको कपिलवस्तु प्रहरी प्रमुख अच्युत पुडासैनीले बताए ।

स्मरणहोस् स्थानीय नेता चौधरीलाई यु पी ५५ क्यु २३५ अपाची मोटरसाईकलमा आएका तीन जनाले शुक्रबार राति साढे सात बजे गाँउनजिकै व्यस्त सडकमा गोली हानी हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस