ताप्लेजुङ । ताप्लेजुङमा तीन सातापछि हवाई उडान भएको छ । खराब मौसमका कारण गएको जेठ ३० गतेदेखि ताप्लेजुङमा उडान ठप्प थियो । नेपाल एयरलाइन्सको जहाजले आज काठमाडौँबाट चार यात्रु बोकेर आएको थियो भने ताप्लेजुङबाट सोही विमानमा पाँच यात्रु काठमाडौँ प्रस्थान गरेका छन् ।
मौसमकै कारण असारयता ६ वटा उडान प्रभावित भएका नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीले जानकारी दिए । बर्खायाम सुरु भएसँगै प्रतिकूल मौसमका कारण उडान प्रभावित हुँदै आएका उनले बताए ।
हाल साताको सोमबार र शुक्रबार दुई दिन काठमाडौँ–ताप्लेजुङ–काठमाडौँका लागि हवाई उडानको तालिका रहेको छ । ताप्लेजुङबाट काठमाडौँसम्म प्रति व्यक्ति रु नौ हजार २०० भाडा दर कायम गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २३ असार २०८२, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै
ताप्लेजुङमा मङ्सिर अन्तिमदेखि हवाई सेवा बन्द
योगेश भट्टराईद्वारा पाथीभरा मुकुम्लुङ केबलकार विवादबारे १९ बुँदे ध्यानाकर्षण
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने