विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जनसभा (फोटोफिचर)

सफल खबर संवाददाता

शनिबार, ०८ मंसिर २०७५, १४ : ५०
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जनसभा (फोटोफिचर)

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राजधानीमा जनसभा गरेको छ ।  पार्टी पुनर्गठन दिवसको अवसर पारेर नेकपाले जनसभा आयोजना गरेको हो । जनसभालाई प्रवक्ता प्रकाण्डलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भृकुटीमण्डममा हुने कार्यक्रममा पार्टीका महासचिव विप्लव भने सहभागी हुने छैनन् ।

जनसभा सुरु हुनुअघि अघि काठमाडौंको बबरमहल, लैनचौर र कालिमाटीबाट निस्किएको जुलुस सहरका विभिन्न स्थान हुँदै कार्यक्रमस्थल सम्म पुगेर सभामा परिणत भएको थियो । 

नेकपामा अनुसार, विभिन्न राजनीतिक दलका नेताहरुलाई पनि जनसभामा निमन्त्रणा गरिएको छ । नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा माओवादी केन्द्रका गोपाल किराती र नेकपा अध्यक्ष ऋषि कट्टेललगायतलाई नेकपाले निम्तो दिएको हो ।

सभामा करिब १२ हजारको संख्यामा कार्यकर्ता तथा समर्थक उपस्थित हुने सुरक्षा निकायले आँकलन गरेका छन् । 

कार्यक्रम स्थलको सुरक्षार्थ प्रदर्शनीमार्गमा काठमाडौंका प्रहरी उपरीक्षक ९एसपी०को कमाण्डमा उल्लेख्य संख्यामा नेपाल प्रहरीका सिनियर अफिसरहरु खटिएका छन् । 

प्रतिक्रिया दिनुहोस