काठमाडौँ । नेकपा माओवादी केन्द्रले निजामती विधेयकमा भएको छेडखानीले सिंगो संसद्, संसदीय समिति र सांसदहरूको इमान, निष्ठा र योग्यतामाथि पनि प्रश्न उठेको बताएको छ ।
पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले सहमतिभन्दा फरक गरेर विधेयक सदनमा कसरी पुर्याइयो ? छानबिन हुनुपर्ने बताए ।
विधेयक कार्यसूचीमा समावेशदेखि पारित गर्ने क्रमसम्म विचार गर्दा एकाध व्यक्तिको मात्र दुस्साहस नभई सुनियोजित तरिकाले गरिएको धृष्टता भएको उनको जिकिर छ ।उनले भने, ‘यसको जिम्मा नैतिक रूपमा संसद्को नेतृत्व समेतले लिनुपर्दछ । यस प्रकारको गम्भीर प्रकृतिको संसदीय अपराधको यथाशक्य छिटो छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्नुका साथै दोषीमाथि कारबाही गरिनुपर्दछ ।’
उनले भने, ‘प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडसम्बन्धी जे सहमति भएको थियो, सदनमा प्रस्तुत र पारित हुँदा भने फरक पारिएको छ । सहमतिभन्दा फरक गरेर विधेयक सदनमा कसरी पुर्याइयो रु परस्पर विरोधी प्रावधान कसले थप्यो रु यस्ता अनेकन गम्भीर प्रश्न उठेका छन् । यस जालसाजीपूर्ण घटनाले सिंगो संसद्, संसदीय समिति र सांसदहरूको इमान, निष्ठा र योग्यतामाथि पनि प्रश्न उठेको छ ।’
यो गम्भीर राजनीतिक, संवैधानिक, कानुनी र नैतिक प्रश्न भएको भन्दै सार्वभौम संसद्को आत्मामाथि सीधै प्रहार गरेको सापकोटाले बताए । उनले भने, ‘संसदमाथिको धोका, मानमर्दन र अपमान भएको यस घटनाले संविधानको मर्म र भावनामा गम्भीर चोट पुर्याएको छ । सुशासनका लागि कोशेढुंगा साबित हुने जनताको अपेक्षा विपरीत गम्भीर विश्वासघात हुनुका साथै यस प्रकारको जालसाजीले संसदीय मूल्य(मान्यतालाई ठाडो चुनौतीसमेत दिएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ असार २०८२, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीद्वारा विपद् व्यवस्थापनमा जुट्न चार बुँदे निर्देशन
सभापतिदेखि सबैमाथि छानबिन गरियोस् : हितराज पाण्डे
पार्टीका आन्दोलनमा विचलन आयो, पदका निम्ति तँछाडमछाड छ : प्रचण्ड
नेकपा एसका नेता महेन्द्रबहादुर कार्की माओवादी केन्द्रमा प्रवेश
विधेयक पारित गराउन सरकार गम्भीर देखिएन : माओवादी केन्द्र
स्थापित बाम नेता भरत प्रसाद साह माओवादी केन्द्रमा प्रवेश