वासिङ्टन डीसी । युक्रेन र रुसबिच चलिरहेको भीषण युद्धको बिचमा अमेरिकाले युक्रेनलाई केही हतियार दिन बन्द गरेको छ । ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले मंगलबार अमेरिकाको हितलाई सर्वोपरि राख्न यो निर्णय गरिएको बताइन् । अमेरिकी रक्षा विभागले अन्य देशहरूलाई अमेरिकी सैन्य सहयोगको समीक्षा गरेपछि यो निर्णय लिइएको हो ।
फेब्रुअरी २०२२ मा रुसी आक्रमणपछि अमेरिकाले युक्रेनलाई अर्बाैं डलरको सैन्य सहायता पठाएको छ । युक्रेनलाई सहयोग गर्दा अमेरिकी हतियारको भण्डार धेरै कम भएकोमा चिन्ता ट्रम्प प्रशासनका केही सदस्यहरूले व्यक्त गरेका छन् ।
युक्रेनले अहिलेसम्म यसबारे कुनै टिप्पणी गरेको छैन । यद्यपि, अमेरिकी अधिकारीहरूले कुन हतियारको ढुवानी रोकिएको हो भनेर चाँहि बताएको छैन । समाचार एजेन्सी रोयटर्सका अनुसार हतियारहरूमा हवाई रक्षा क्षेप्यास्त्र र सटीक हतियारहरू पनि समावेश छन् । रक्षा विभागले युक्रेनलाई सैन्य सहयोग जारी राख्न राष्ट्रपतिलाई बलियो विकल्पहरू प्रदान गर्न जारी राख्ने अमेरिकी रक्षा नीति उपसचिव एल्ब्रिज कोल्बीले भने ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १८ असार २०८२, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत