जोखिम बढी भएको स्थानमा रातिको समयमा गाडी चलाउन नपाइने

सफल खबर संवाददाता

आइतबार, १५ असार २०८२, १८ : ०१
जोखिम बढी भएको स्थानमा रातिको समयमा गाडी चलाउन नपाइने

काठमाडौँ । सरकारले विपदबाट हुने जोखिम न्यूनीकरण गर्न स्थानीय एफएम तथा सामाजिक सञ्जालहरूमा सूचना दिने भएको छ।

राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को आइतबार बसेको बैठकले स्थानीय एफएम र सामाजिक सञ्जालमार्फत मौसम बुलेटिन तथा सूचना प्रसारण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

यस्तै जोखिम भएको ठाउँमा रातिको समयमा गाडी नचलाउने र मौसम पूर्वानुमानको पूर्वसूचनालाई प्रभावकारी बनाउने निर्णय पनि बैठकले गरेको छ । 

परिषद्ले भारी वर्षा भएको समय र क्षेत्र वरपर सुरक्षित रहन स्थानीयवासीलाई सूचना प्रवाह गर्ने, विपद् प्रभावित क्षेत्रमा रिपोटिङको तत्काल व्यवस्था मिलाई विपद् प्रभावितलाई रेस्क्यु गर्ने तत्काल व्यवस्था मिलाउन सम्बन्धी निकायलाई निर्देशन पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस