काठमाडौँ। सांसद प्रभु साहले संघीय निजामती सेवा विधेयकलाई ‘गरिबमारा’ भन्दै प्रतिनिधि सभाको रोष्ट्रमबाटै च्यातेका छन्। यो विधेयक पारित भए देशमा आगो बल्ने उनको चेतावनी छ।
आइतबारको संसद् बैठकमा बोल्दै साहले विधेयकले गरिबलाई लोकसेवा परीक्षाको अधिकारबाट वञ्चित गर्ने दाबी गरे। “यो गरिबमारा विधेयक पारित भए देशमा आगो बल्छ। गरिबको भविष्य काट्ने यो विधेयक हामीलाई स्वीकार्य छैन। यो पारित भए गरिबका लागि कालो दिन हुनेछ। यसका मतियारलाई गरिबले कहिल्यै माफ गर्दैनन्,” उनले भने।
उनले सरकारमाथि प्रश्न गरे, “सरकारी जागिरमा गरिबलाई किन निषेध गरियोरु लोकसेवाको अधिकारबाट किन वञ्चित गरियोरु संविधान उल्लंघन गर्दा लज्जाबोध भएन ? ”यस्तो ‘अपराधपूर्ण कार्य’को साक्षी नबस्ने भन्दै साहले बैठक बहिष्कार गरेर हिँडेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ असार २०८२, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
रवि लामिछानेलाई प्रभु साहले पनि भेटे
प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न- ‘सरकारको आयु सकिने बेला आयोगको म्याद किन लम्बिएयो ?’
अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन हो : प्रभु साह
यो सरकारले 'जेनजी' आन्दोलन सम्बोधन गर्न सकेन : प्रभु साह