भक्तपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनमा पछिल्लो समय विचलन आएको बताएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पार्टीका आन्दोलनमा विभिन्न किसिमका राजनीतिक, सैद्धान्तिक, व्यवहारिक र सांस्कृतिक विचलन देखिएको बताए । कम्युनिस्ट पार्टी स्थापना भएर अघि जाँदै गर्दा जुन आदर्शको निम्ति र जुन समर्पण भावको साथ त्याग र तपस्याद्वारा जनताको सेवा गर्ने र वर्गको मुक्तिको लागि आफूलाई सम्पूर्ण रूपले समर्पित गर्ने प्रतिवद्धता व्यक्त भएको थियो त्यो अनुसार अहिलेका आन्दोलन अघि बढ्न नसकेको जिकिर गरे । अहिले सबैतिर पद र व्यक्तिगत स्वार्थका निम्ति तँछाडमछाड भइरहेको बताए ।
अध्यक्ष दाहालले भने, ‘आज भोलि पार्टीमा, आन्दोलनमा धेरै नै किसिमका विचलनहरू सैद्धान्तिक, राजनीतिक पनि, व्यवहारिक, सांस्कृतिक पनि थुप्रै किसिमका विचलनहरू देखिन्छन् । हामीले जतिबेला कम्युनिस्ट पार्टी स्थापना भएर अघि जाँदै गर्दा जुन आदर्शको निम्ति र जुन समर्पण भावको साथ त्याग र तपस्याद्वारा जनताको सेवा गर्ने र वर्गको मुक्तिको लागि आफूलाई सम्पूर्ण रूपले समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका थियौँ, हिजो चाहे जनक्रान्तिको बेला होस् वा जनआन्दोलनको बेलामा जुन किसिमको समर्पण प्रदर्शन गर्दथ्यौँ, आज भोलि त्यसमा धेरै नै खडेरी परेको देखिन्छ ।’
उनले भने, ‘सबैतिर पदको निम्ति, स्वार्थको निम्ति आफ्नो व्यक्तिगत प्रतिष्ठाको निम्ति मान्छे तँछाडमछाड गरेको सबैतिर देखिन्छ । हाम्रो पार्टीले गएको केन्द्रीय समितिको बैठकमा यो त बढी नै भयो । हामी हाम्रो विचार, राजनैतिक मुद्दा, वर्ग, समुदायप्रति जति नजिकको सम्बन्ध र उनीहरूको मुक्तिका निम्ति समर्पित हुनुपर्ने हो त्यस्तो भएन ।’
अध्यक्ष दाहालले यही अवस्था चलिरहेका कम्युनिस्ट वर्गले देखेको सपना पूरा हुन नसक्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ असार २०८२, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एसका नेता महेन्द्रबहादुर कार्की माओवादी केन्द्रमा प्रवेश
विधेयक पारित गराउन सरकार गम्भीर देखिएन : माओवादी केन्द्र
स्थापित बाम नेता भरत प्रसाद साह माओवादी केन्द्रमा प्रवेश
विभिन्न पार्टी परित्याग गरी ३७० जना माओवादी केन्द्रमा प्रवेश
अब जति पनि केन्द्रीय सदस्य बनाउन सक्ने माओवादीको निर्णय
नेसपाका केन्द्रीय सचिवालय सदस्य किरण थापासहित १४ जना माओवादीमा प्रवेश