शिक्षा समितिको बैठक सिंहदरबारमा सुरु

सफल खबर संवाददाता

शनिबार, १४ असार २०८२, १४ : ४०
शिक्षा समितिको बैठक सिंहदरबारमा सुरु

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा बैठक सुरु भएको हो । बैठकमा विद्यालय शिक्षा विधेयकमाथि उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल भइरहेको छ ।छलफलको क्रममा आज माध्यमिक शिक्षा परीक्षा (एसइई) राख्ने वा नराख्ने भन्नेबारे छलफल थालिएको छ ।

 

प्रतिक्रिया दिनुहोस