काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
प्रधानमन्त्री ओली आज साँझ ६ बजे स्पेन भ्रमण जाँदै छन् । सम्बोधनका क्रममा उनले भ्रमणबारे संसदमा जानकारी गराउनुका साथै समसामयिक विषयमा सम्बोधन गर्ने बताइएको छ ।
संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आज स्पेन प्रस्थान गर्ने भएका छन् ।
स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडि–४)’ का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओलीको भ्रमण हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ असार २०८२, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बहुविवाहलाई कानुनी मान्यता दिन खोजिएको हो ? भन्दै कानुन मन्त्रीलाई एमाले सचेतकको प्रश्न
प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर (पुर्णपाठ)
विगतका घटनाबाट पाठ सिकेर विपद् प्रतिकार्यमा जुट्न सरकारलाई प्रचण्डको आग्रह
गृह, संघीय मामिला र भूमि मन्त्रीलाई कारबाही गर्न रास्वपाको माग
राजेन्द्र लिङ्देनको प्रश्न : कहाँ छ प्रधानमन्त्रीको सुशासन आयोग ?
प्रतिनिधि सभाबाट ७९ वटा ऐन संशोधन गर्ने विधेयक पारित हुँदै