काठमाडौँ । भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध जारी राखेका छन् । यी दुवै दलहरूले आजको संसद् बैठक बहिष्कार गरेका छन् ।
आजको बैठकमा आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीबारे छानबिनको माग गर्दा संसद्मा प्रतिपक्ष दलहरूको आवाज दबाउने काम भइरहेको आरोप लगाए । रास्वपाले आज पनि उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठनको माग दोहोर्याएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलको क्रममा उठेको प्रश्नको विभिन्न विषयगत मन्त्रालयका मन्त्रीले जवाफ र स्पष्टीकरण दिने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ असार २०८२, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभामा राष्ट्र बैंक-तेस्रो संशोधन विधेयक-२०८३ प्रस्तुत
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग
विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
आर्थिक विधेयकमा कर दर परिवर्तन र पृष्ठ हटाइएको विषय संसद्मा उठ्यो, सरकारको जवाफ माग
प्रधानमन्त्रीको जवाफ नआएसम्म विपक्षी दलले प्रतिनिधि सभाको अवरोध जारी राख्ने
कार्यसूची अघि नबढ्दै प्रतिनिधि सभा बैठक मंगलबारसम्मका लागि स्थगित