काठमाडौँ। प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको खोजी भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बजेटमाथिकै छलफलमा प्रधानमन्त्री ओली अनुपस्थित रहेको भनेर उनको खोजी भएको हो ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य प्रभु साहले संसद्मा प्रधानमन्त्रीको खोजी गरेका हुन् । ‘प्रधानमन्त्री भन्नुहुन्छ– म जनताप्रति उत्तरदायी नै छु । तर, आज प्रधानमन्त्री कार्यालयकै विषयमा छलफल चलिरहेको छ प्रधानमन्त्रीजी यहाँ हुनुहुन्छ ।’
प्रधानमन्त्रीले संसद्लाई कति प्राथमिकता दिएका छन् भन्ने उनको अनुपस्थितिले देखाउने साहको टिप्पणी छ । काठमाडौँमै रहेर प्रधानमन्त्री ओली संसद्मा बजेटमाथिको छलफलमा सहभागी नभएको भनेर उनले प्रश्न उठाएका हुन् ।
प्रधानमन्त्री कार्यालयकै बजेटमाथिको छलफलमा प्रधानमन्त्री सहभागी हुनै पर्नेमा त्यसो हुन नसकेको भनेर उनले सभामुख र सरकारको ध्यानाकर्षण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ असार २०८२, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभामा राष्ट्र बैंक-तेस्रो संशोधन विधेयक-२०८३ प्रस्तुत
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग
विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
आर्थिक विधेयकमा कर दर परिवर्तन र पृष्ठ हटाइएको विषय संसद्मा उठ्यो, सरकारको जवाफ माग
प्रधानमन्त्रीको जवाफ नआएसम्म विपक्षी दलले प्रतिनिधि सभाको अवरोध जारी राख्ने
कार्यसूची अघि नबढ्दै प्रतिनिधि सभा बैठक मंगलबारसम्मका लागि स्थगित