भरतपुर । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रु. ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख चित्रसेन अधिकारीले नगरसभामा आज प्रस्तुत गरेको बजेटमा नगरको समग्र विकास, पूर्वाधार निर्माण, सामाजिक न्याय, आर्थिक आत्मनिर्भरता र दिगो व्यवस्थापनलाई प्राथमिकता दिइएको छ ।
बजेटमा आन्तरिक आम्दानीबाट रु १ अर्ब ८० करोड, संघीय सरकारको अनुदान, राजस्व बाँडफाँड, प्रदेश सरकारको हस्तान्तरण तथा अन्य स्रोतबाट बाँकी रकम संकलन गरिने उल्लेख छ ।
आन्तरिक आम्दानीबाट रु १ अर्ब ८० करोड स्रोत बनाउन लागेकोमा संघीय सरकारको अनुदान रु ३१ करोड ९१ लाख, प्रदेश सरकार अनुदान रु १४ करोड ४१ लाख, विशेष/संयुक्त कार्यक्रमबाट रु ५ करोड तथा मौज्दात तथा अन्य स्रोतबाट रु ७० करोड छुटटाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ असार २०८२, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक सयभन्दा बढी स्थानीय तहले अझै ल्याएनन् बजेट
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
काठमाडौँ महानगरको बजेट आइतबार ल्याइने
सुदूरपश्चिमको बजेट प्रदेश सभाबाट पारित
बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने