भरतपुर । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रु. ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख चित्रसेन अधिकारीले नगरसभामा आज प्रस्तुत गरेको बजेटमा नगरको समग्र विकास, पूर्वाधार निर्माण, सामाजिक न्याय, आर्थिक आत्मनिर्भरता र दिगो व्यवस्थापनलाई प्राथमिकता दिइएको छ ।

बजेटमा आन्तरिक आम्दानीबाट रु १ अर्ब ८० करोड, संघीय सरकारको अनुदान, राजस्व बाँडफाँड, प्रदेश सरकारको हस्तान्तरण तथा अन्य स्रोतबाट बाँकी रकम संकलन गरिने उल्लेख छ ।
आन्तरिक आम्दानीबाट रु १ अर्ब ८० करोड स्रोत बनाउन लागेकोमा संघीय सरकारको अनुदान रु ३१ करोड ९१ लाख, प्रदेश सरकार अनुदान रु १४ करोड ४१ लाख, विशेष/संयुक्त कार्यक्रमबाट रु ५ करोड तथा मौज्दात तथा अन्य स्रोतबाट रु ७० करोड छुटटाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ असार २०८२, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
बजेट चौथो पटक सम्म ‘गुपचुप’ संशोधन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
सरकारले महत्त्वाकाक्षी बजेट नै ल्याएको रास्वपाको दाबी
आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक (पूर्णपाठसहित)