चितवन । भरतपुर महानगरपालिकाले पूर्वाधार, शिक्षा र वडास्तरमै ठूलो लगानी गर्ने गरी आगामी आर्थिक बर्षको वजेट सार्वजनिक गरेको छ । भरतपुर महानगरपालिकाको नगरसभामा आज (आइतबार) महानगरपालिकाको तर्फबाट उपप्रमुख चित्रसेन अधिकारीले बजेट प्रस्तुत गरेका हुन् ।
विभिन्न शीर्षकमा विनियोजन गरिएको भरतपुर बजेट यस्तो छ :-
पूर्वाधार निर्माण (अधुरो आयोजना, नयाँ परियोजना) : रु ८४.५० करोड
वडा स्तरीय योजनाहरू : रु ९४.७८ करोड
शिक्षा क्षेत्र : रु १०.५० करोड
स्वास्थ्य क्षेत्र : रु ३.२५ करोड
कृषि तथा पशुपालन : रु ९ करोड
डिजिटल प्रविधि र सुशासन : रु ५० लाख
महिला, बालबालिका, दलित, समावेशीकरण : रु १.५० करोड
विपद् तथा प्रकोप व्यवस्थापन : रु ५ करोड + १ करोड कोष
प्रशासनिक खर्च : रु ७८ करोड
प्रत्येक वडा न्यूनतम रु ३.२१ करोडदेखि अधिकतम रु ३.४० करोडसम्म बजेट पाउनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ असार २०८२, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण
नयाँ बजेटमा १४ वटा नयाँ कार्यक्रम : डिजिटल सिटीदेखि विपद् -सुरक्षासम्मको योजना