काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फस्ट मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप’ का विजेतालाई आज पुरस्कार प्रदान गरेका छन् ।
काठमाडौँ महानगरपालिका, वडा नं. २२ को आयोजनामा भएको प्रतियोगितामा प्रथम हुने खेलाडी कृष महर्जनलाई प्रधानमन्त्री ओलीबाट रु. पाँच लाख र ट्रफीसहितको पुरस्कार प्रदान गरिएको हो । नेपाल शारीरिक सुगठन तथा फिटनेसको सहकार्यमा भएको कार्यक्रममा पछिल्ला अन्तर्राष्ट्रिय शारीरिक सुगठन खेल प्रतियोगिताका विजेता, खेल क्षेत्रको विकासका योगदानदाताहरूलाई सम्मान गरिएको थियो ।
प्रधानमन्त्री ओलीले स्वास्थ्य जीवनको ठुलो सम्पत्ति रहेकाले शरीरिक सुगठनले स्वास्थ्य जीवनका लागि योगदान दिने बताउँदै सरकारको स्वास्थ्य नीतिको मूल नीति निरोगी नेपाल भएकाले आरोग्यताका लागि सबैले ध्यान दिर्नुपर्नेमा जोड दिए । उनले अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा जितेर नेपाललाई विश्वमाझ चिनाउने खेलाडीलाई सरकारले नगद पुरस्कार प्रदान गर्दै आएको स्मरण गराए । “दुनियाँमा आज युद्ध भइरहेको छ । एकले अर्को देशमा हमला गरेर, मान्छे मारेर होइन, यस्ता प्रतियोगिता गरेर जितेर मानवीय स्वास्थ्यका लागि काम गर्न सकिन्छ ।’’, प्रधानमन्त्री ओलीले भने, “युद्धको बिभत्स विभिषिका चलेका बेला मानवीय स्वास्थ्य क्षेत्रमा प्रगति भएमा विश्व शान्ति कायम गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ असार २०८२, २० : ०२
लेखकबाट थप