काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न छानबिन समिति बनाउन एक महिना कुर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले गृहमन्त्री रमेश लेखकको बारेमा भिजिट भिसा प्रकरण प्रश्न उठेको भन्दै यसबारेमा छानबिन समिति बनाउन एक महिना कुर्न नहुने बताए । उनले त्यसअघि नै छानबिन समिति बनाएको खण्डमा गृहमन्त्रीमाथि लागेको आरोपबारे पनि अनुसन्धान भई संसद् सुचारु हुन सहज हुने बताए ।
उनले भने, ‘गृहमन्त्रीज्युको बारेमा गम्भीर प्रश्न उठेको छ । यसमा भिजिट भिसाको सम्बन्धमा आज देखिरहनुभएको छ । सरुवा, बढुवा प्रणालीमा पनि जुनियरलाई सिनियर र सिनियरलाई जुनियर भन्ने गरिएको छ । यी सबै विषयहरूमा कमसेकम यो संसद्ले एउटा छानबिन समिति बनाउनुपर्छ ।
उनले थप भने, ‘एक महिना भित्रमा आफैँ पनि बनाउने भनेर बोल्नुभएको छ । एक महिना किन पर्खिने चाँडै गरिदिए एउटा निकास पनि हुन्छ । तपाईंमा लागेको, गृह मन्त्रालय, भिजिट भिसामा देखिएको समस्याहरूको बारेमा समाधान हुन्छ । गृह प्रशासनसँग सम्बन्धित विकृति, विसङ्गतिलाई पनि अन्त्य गर्न त्यो मोडलबाट जानुपर्छ ।
सांसद मोदीले भिजिट भिसा प्रकरण मात्र नभई गृह प्रशासनसँग सम्बन्धित विकृति अनुसन्धान गर्न पनि छानबिन समिति बनाउनुपर्ने माग गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ असार २०८२, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका र चीनका राष्ट्रपति पनि नेपालको कानुन देखेर भाग्छन् : सांसद मोदी
सार्वजनिक लेखा समिति प्रतिपक्षलाई दिनुपर्छ : सांसद मोदी