काठमाडौँ। भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई राजनीतिक प्रतिशोध साँधेर षड्यन्त्रपूर्वक फसाइएको दाबी गर्दै एक लामो अपिल जारी गरेका छन्।
पार्टी स्थापनाको तेस्रो वर्षगाँठको अवसरमा सार्वजनिक गरिएको अपिलमा उनले आफूमाथिको सहकारी ठगीको आरोप निराधार रहेको बताउँदै देशका पुराना शक्तिहरूले आफूविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरेको आरोप लगाएका छन्।
अपिलमा लामिछानेले रास्वपाको उदयबाट अत्तालिएका पुराना शक्तिहरूले आफूलाई सिध्याउन भयानक षड्यन्त्र रचेको उल्लेख गरेका छन्। 'छत्तीस वर्षमा यिनीहरूले देश र जनतालाई दिएको दुःखका अगाडि मैले पाएको दुःख त केही पनि होइन,' उनले भनेका छन्, 'जब यिनीहरूले सिंगो देशलाई नै जेल बनाइसके।'
उनले आफूविरुद्ध प्रहरी, प्रशासन र न्यायपालिकाकै दुरुपयोग भएको दाबी गरेका छन्। मध्यरातमा बलपूर्वक पक्राउ गरिएको, कानूनको हदम्याद नाघेर मुद्दा चलाइएको र आफूमाथि मात्रै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर अभियोग लगाएर प्रतिशोध साधिएको उनको जिकिर छ।
लामिछानेले आफूले कुनै सहकारीबाट एक पैसा पनि नलिएको र आफ्नो नाममा कुनै ऋण वा सवारी साधनसमेत नभएको स्पष्ट पारेका छन्। उक्त अपिल उनको सचिवालयमार्फत सार्वजनिक गरिएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ असार २०८२, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने
‘अब बन्ने मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैन’ : रवि लामिछाने
मन्त्री नियुक्तिमा मिडिया ट्रायल नगर्न रवि लामिछानेको निर्देशन
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा
रवि लामिछानेको अभियोग संशोधन मुद्दामा आज सुनुवाइ हुने
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण सम्बन्धी रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा