काठमाडौ । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदमा नयाँ भर्नाका लागि माग गरिएको पद संख्या वृद्धि गरेको छ।
पहिले माग गरिएको १,१६५ पदमा थप ६७७ पद थपिएसँगै अब कुल १,८४२ जनालाई प्रहरी जवान बन्ने अवसर प्राप्त हुने प्रहरीले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ।
प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवस्रोत विकास विभागले सार्वजनिक सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नका लागि यो निर्णय गरिएको जनाएको छ ।
नयाँ संख्या अनुसार अब खुला प्रतिस्पर्धाबाट ९९३ जना छनोट गरिनेछन्। यस्तै, समावेशी कोटामा आदिवासी/जनजातिका लागि २६०, मधेसीका लागि २२८, महिलाका लागि १६२, दलितका लागि १२२, पिछडिएको क्षेत्रका लागि ४० र अमर तथा अशक्त प्रहरी परिवारका लागि ३७ पद छुट्याइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ असार २०८२, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस
कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा ठेक्का सम्झौता रद्द