आम सुकुम्बासी संघद्वारा काठमाडौं महानगरपालिका घेराउ गर्ने चेतावनी

सफल खबर संवाददाता

विहीबार, ०५ असार २०८२, २१ : ११
आम सुकुम्बासी संघद्वारा काठमाडौं महानगरपालिका घेराउ गर्ने चेतावनी

काठमाडौं । आम जनता पार्टी निकटको आम सुकुम्बासी संघले दोहोरो चरित्र सच्याउन काठमाडौं महानगरपालिकालाई आग्रह गरेको छ । 

काठमाडौं महानगरपालिकाको दोहोरो चरित्रका कारण आम सुकुम्बासीलाई दुखित बनाएको भन्दै संघले त्यसलाई नसच्याए महानगरको कार्यालय घेराउ गर्ने चेतावनी समेत दिएको छ । 

आम सुकुम्बासी तथा अब्यवस्थित बसोबासी संघका अध्यक्ष कालबहादुर विकले आज एक विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरका मेयर बालेन शाहलाई दोहोरो चरित्र सच्याउन आग्रह गरे। उनले महानगरले दोहोरो चरित्र नसच्याए र सुकुम्बासीको समस्याप्रति खेलवाड गरे त्यसका बिरुद्धमा जस्तोसुकै आन्दोलन गर्न आफूहरु तयार रहेको चेतावनी समेत दिए । 

भूमि समस्या समाधान आयोगले लागत संकलन गर्छू भनि जारी भएको ३५ दिने सूचना आधारमा महानगरले पत्र जारी गरेको तर फेरि असार २ गते अर्को पत्र जारी गर्दै मनोमानी गर्न थालेको संघका अध्यक्ष विकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस