कम्बोडियाबाट पक्राउ परेका भण्डारीविरुद्ध ७ दिन म्याद थप

सफल खबर संवाददाता

विहीबार, ०५ असार २०८२, २० : १८
कम्बोडियाबाट पक्राउ परेका भण्डारीविरुद्ध ७ दिन म्याद थप

काठमाडौँ । कम्बोडियाबाट पक्राउ गरेर बुधबार राति काठमाडौँ ल्याइएका मितेरी सहकारी ठगी प्रकरणका अभियुक्त ज्योतिबहादुर भण्डारीविरुद्ध सात दिनको म्याद थप भएको छ ।

काठमाडौँ जिल्ला अदालतले लिखतसम्बन्धी कसुर र ठगीको कसुरमा अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो ।

कम्बोडियाबाट पक्राउ गरेर ल्याइएका भण्डारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार अदालत उपस्थित गराएको थियो ।

सो क्रममा नागरिकता, राहदानी र सहकारी ठगीको अनुसन्धान गर्न पहिलो पटक अदालतले सात दिनको म्याद दिएको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस