काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा ‘प्रभाकार’ले राजनीतिक अस्थिरताको कुरा गरेर नेताहरूले आफ्नो गल्ती ढाकछोप गर्ने काम गरिरहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा खर्च कटौतीको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद शर्माले अस्थिरता सङ्ख्याको कुरा नभएको बताए । ‘यो सङ्ख्याको कुरा होइन। अहिले त दुई तिहाइ बहुमतकै सरकार छ त ?’, उनले भने, ‘दुई तिहाइको सरकार हुँदा पनि सरकार ढल्छ कि ढल्दैन, मेरो सरकार ढल्दैन भन्ने दोहोरी चलिरहन्छ।’
पूर्वमन्त्री समेत रहेका शर्माले अस्थिरता सङ्ख्याको कुरा नभएर मेन्टालिटीको कुरा भएको पनि बताए ।‘हाम्रो मेन्टालिटी अस्थिर छ । अस्थिर मेन्टालिटीका कारण स्थिरता हुनसक्ने सम्भावनालाई पनि अघि बढाउन सक्दैनौ’, शर्माले भने, ‘कि आफ्नो डिफेन्ड गरिराख्नुपर्ने अवस्थामा हामी छौ ।
२०४८ देखि ७४ सम्म आउँदा जनताले नेताहरूलाई अवसर दिएको भन्दै उनले ४८ मा एउटा नेतालाई, ६४ मा अर्को नेतालाई र ७४ मा जनताले अवसर दिएपनि त्यो अवसर प्रयोग गरेर नेताहरूले किन देशलाई समृद्धिको दिशामा अघि लैजान सकेनन् भनेर प्रश्न गरे ।
‘अवसर नपाएर होइन, पाउँदापाउँदै पनि देशको समस्यालाई समाधान गर्ने दिशातिर अगाडि नबढेको साँचो हो’, उनले भने, ‘अवसर पाउँदापाउँदै देश बन्न नसक्नु दु:खद कुरा हो ।’उनले अवसर पाउने नेताहरूको नाम आफूले नलिने भन्दै भ्रष्टाचार बढ्नु, गरिबी बढ्नु र न्याय स्थापित नहुनुमा नेताहरूले नै जिम्मेवारी लिनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ असार २०८२, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थ मन्त्रालयले स्वीकृत ऋण नदिँदा रुकुमका स्थानीय तह अप्ठ्यारोमा परे : सांसद शर्मा
शून्य समय शून्यमा उडाउनका लागि हो भने बन्द गरौँ : जनार्दन शर्मा
मूल्य वृद्धिको समस्या उद्योग मन्त्रीले समाधान गर्ने हो : जनार्दन शर्मा