काठमाडौँ । इरानले इजरायलको एउटा अस्पतालमा क्षेप्यास्त्र आक्रमण गरेको छ । आक्रमणमा धेरै मानिसहरू घाइते भएका छन् । इरानले अस्पताललाई निशाना बनाएको इजरायलको आरोप छ ।
‘आज बिहान, इरानका आतङ्कवादी तानासाहहरूले सोरोका अस्पताल र बेरशेबामा सर्वसाधारण बस्ने स्थानमा मिसाइल प्रहार गरे,’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले माइक्रो ब्लगिङ वेबसाइट एक्समा पोष्ट गर्दै भनेका छन् । ‘इरानका तानासाहहरूले यसको पूरा मूल्य चुकाउनेछन्,’ पोष्टमा नेतान्याहूले लेखेका छन् ।
इजरायलको आपत्कालीन सेवा म्यागेन डेभिड एडोम (एमडीए)का अनुसार इरानको हालैको आक्रमणपछि कम्तीमा ३२ जना घाइते भएका छन् । घाइते सबैको उपचार भइरहेको बताइएको छ ।
पछिल्लो आक्रमणमा इरानको इजरायलमाथि दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको एक इजरायली अधिकारीले बताए । इरानले दक्षिणी इजरायलको बेरशेबामा रहेको सोरोका अस्पताल सहित नागरिक क्षेत्रहरूलाई निशाना बनाएको इजरायलको आरोप छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ असार २०८२, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का
इजरायलमा इरानी हमला : ८८ घाइते, संकटकाल घोषणा
इरानी आक्रमण : सुरक्षा व्यवस्था मजबुत बनाउने इजरायली प्रधानमन्त्री नेतन्याहूको घोषणा
अमेरिका-इजरायल-इरान द्वन्द्व अन्त्यको माग गर्दै काठमाडौँमा शान्ति प्रदर्शन
इरानका सुरक्षा प्रमुख अलि लारीजानी मारिएको इजरायलको दाबी